विश्वकपमा पुग्न नेपाललाई १३५ रनको लक्ष्य

विश्वकपमा पुग्न नेपाललाई १३५ रनको लक्ष्य

आइसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले जितका लागि १३५ रनको लक्ष्य पाएको छ । 

मूलपाानी अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १३४ रन बनाएपछि नेपालले जितका लागि मध्यम लक्ष्य पाएको हो । 

यूएईका भृत्य अरविन्दले ६४ रन बनाए । मुहम्मद वासिमले २६, एलिसान सराफुले १६, आसिफ खानले १३, खालिद शाहले ३ र अलि नासिरले ४ रन जोडे । 

नेपालका लागि कुशल मल्लले ३, सन्दीप लामिछानेलले २ र सोमपाल कार्मी र रोहित पौडेलले समान एक एक विकेट लिए । 

अहिले नेपालले ब्याटिङ गरिरहेको छ । विजेता टी २० विश्वकपमा छनोट हुनेछ ।

टिप्पणीहरू