टी–२० विश्वकप छनोटमा अर्नाले प्रत्येक रनको एक हजार दिने

टी–२० विश्वकप छनोटमा अर्नाले प्रत्येक रनको एक हजार दिने

अर्ना वियरले टी–२० विश्वकपको एसिया छनोटमा नेपाली खेलाडीका लागि नगद पुरस्कार घोषणा गरेको छ । 

अर्नाले टी–२० विश्वकप छनोटमा नेपालका खेलाडीले बनाउने प्रत्येक रनको एक हजार, चौकाको दश हजार र छक्काको २० हजार रुपैयाँ दिने घोषणा गरेको हो ।

त्यस्तै, बलिङतर्फ प्रत्येक डट बल बराबर एक हजार, मेडन ओभरको दश हजार र हरेक विकेटमा २५ हजार रुपैयाँ दिने बताइएको छ । 

गत भद्रौमा भएको एसिया कप क्रिकेटमा पनि अर्नाले चौका, छक्का र विकेट लिने खेलाडीलाई पुरस्कृष्ट गरेको थियो । 

टी–२० विश्वकपको एसिया छनोट भोलिदेखि काठमाडौंमा सुरु हुदैँछ । नेपालले पहिलो खेल सोमबार बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल्नेछ ।

टिप्पणीहरू