नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य, रोहित र गुल्सनको अर्धशतक

नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य, रोहित र गुल्सनको अर्धशतक

टी–२० विश्वकप छनोटको फाइनलमा नेपालले ओमानसामु १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित टियु अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको हो । नेपालका लागि कप्तान रोहितकुमार पौडेल र गुल्सन झाले अर्धशतकीय इनिङ खेले । रोहित ५२ रनमा अविजित रहँदा गुल्सनले ५४ रन बनाए ।

१० ओभरमा चार विकेट गुमाएर मात्र ६० रन बनाएको अवस्थामा रोहित र गुल्सनले ७८ रनको उत्कृष्ट साझेदारी गरे । त्यस्तै, कुशल भुर्तेलले ३१ र सन्दीप जोराले १० रन जोडे । करन केसी २० रनमा अविजित रहे ।

२० औँ ओभरमा करणको लगातार दुई छक्क र चौकासहित नेपालले २४ रन जोडेपछि ओमानले चुनौतिपूर्ण लक्ष्य पाएको हो ।

टिप्पणीहरू