पुरस्कारका लागि खेलकुद पत्रकारसँग आवेदन मागियो
युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । खेलकुद क्षेत्रको विकास र विस्तारमा योगदान पुर्याउने केही पत्रकारलाई छानेर पुरस्कार दिन लागिएको हो ।
मन्त्रालयले आज सूचना जारी गर्दै खेलकुद पत्रकार पुरस्कारका लागि दरखास्त आह्वान गरेको छ । खेलकुद बिटमा पत्रकारिता गर्नेले एक महिनाभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।
‘यस मन्त्रालयको चालू आर्थिक वर्ष २०८०–८१ को वार्षिक कार्यक्रमअनुसार खेलकुद क्षेत्रको विकास र विस्तारमा उल्लेखनीय य…