ताप्लेजुङमा फुटबल : सेमिफाइनल हेर्न टिकटको मूल्य दुई सय

ताप्लेजुङमा फुटबल : सेमिफाइनल हेर्न टिकटको मूल्य दुई सय

ताप्लेजुङको सदरमुकाममा भइरहेको ताप्लेजुङ गोल्डकप फुटबलको सेमिफाइनल खेल आजबाट शुरु भएको छ । लाखेजात्राको अवसरमा फुङलिङको भानु माविको खेल मैदानमा भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेल जुट विकास फुटबल क्लब, इटहरी र मोरङको पथरीबीच ३ बजेदेखि शुरु हुँदैछ ।

भोलि रेडस्टार क्लब बिर्तामोड र रेडहर्स क्लब, इलामबीच खेल हुने बताइएको छ । जम्मा आठ टीम सहभागी प्रतियोगिताको फाइनल पर्सि बुधबार हुँदै छ ।

यसअघि गोल्ड कपका क्वार्टर फाइनल खेलहरु हेर्न एक सय रुपैयाँ दरका टिकट बिक्री गरिएको थियो । त्यसबाट भदौ १४ गते एक लाख ७० हजार ८ सय, १५ गते एक लाख ३१ हजार ७ सय, १६ गते एक लाख ७५ हजार ६ सय र १७ गते एक लाख ७७ हजार ७ सय गरी क्वार्टर फाइनलमा जम्मा छ लाख ५५ हजार ८ सय रुपैयाँ उठेको जानकारी दिइएको छ ।

आज र भोलि हुने सेमिफाइनल खेलका लागि टिकटदर दुई सय बनाइएको गोल्डकप आयोजक समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए ।

टिप्पणीहरू