भारतविरुद्ध हरेक छक्का र विकेटमा १ लाख, चौका हान्ने खेलाडीलाई २५ हजार

भारतविरुद्ध हरेक छक्का र विकेटमा १ लाख, चौका हान्ने खेलाडीलाई २५ हजार
सुन्नुहोस्

श्रीलंकाको क्याण्डीमा आज दिउँसो हुन लागेको नेपाल र भारतबीचको क्रिकेट प्रतियोगितामा नेपाली खेलाडीलाई नगद पुरस्कार दिइने घोषणा गरिएको छ ।

भारतविरुद्ध छक्का र विकेट लिने खेलाडीलाई प्रत्येक छक्का र विकेटको एक लाख रुपैयाँ तथा चौकावापत २५ हजार दिइने बताइएको छ ।अर्ना बियरले नेपाली खेलाडीको हौसला बढाउने भन्दै उक्त नगद पुरस्कारको घोषणा गरेको हो ।

एसिया कपमा नेपालले आज पाकिस्तानपछि अर्को सशक्त टोली भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । श्रीलंकाको क्याण्डीमा दिउँसो सवा ३ बजे खेल शुरु हुँदैछ । 

नेपाल पहिलो पटक यो तहमा भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि गत साता पाकिस्तानको मुल्तानमा नेपालले पाकिस्तानसँग पनि पहिलो पटक प्रतिस्पर्धा गरेको थियो ।

टिप्पणीहरू