एसिया कप खेलेर फर्केका खेलाडीलाई बाजा बजाएर स्वागत

एसिया कप खेलेर फर्केका खेलाडीलाई बाजा बजाएर स्वागत

एसिया कप क्रिकेट खेलेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको भव्य स्वागत गरिएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बाजागाजासहित स्वागत गरेको हो । खलाडीको स्वागतका लागि सशस्त्र प्रहरीको ब्याण्ड टोलीसमेत विमानस्थल पुगेको थियो ।

 

राष्ट्रिय टोलीको समर्थनमा उत्रिएका क्रिकेट समर्थक हरुले विमानस्थलभित्रै नाराबाजी गरेका थिए । 

पहिलो पटक एसिया कपमा सहभागी भएको नेपाल समूह चरणबाटै बाहिरिएपछि आज खेलाडीहरु स्वदेश फर्किएका हुन् । प्रतियोगितामा नेपालले क्रिकेटका पावर हाउस मानिएका पाकिस्तान र भारतसँग एक-एक खेल खेलेको थियो ।

 

भारतविरुद्ध उत्कृष्ट ब्याटिङ गरेका नेपाली ब्याटरहरुको अन्तराष्ट्रिय मिडियामा समेत चर्चा भैरहेको छ ।

टिप्पणीहरू