नेपालको खेल भूकम्प पीडितमा समर्पित, खेलाडीहरु कालोपट्टी बाँधेर मैदानमा

नेपालको खेल भूकम्प पीडितमा समर्पित, खेलाडीहरु कालोपट्टी बाँधेर मैदानमा
सुन्नुहोस्

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलअन्तर्गत ओमानविरुद्ध अहिले जारी खेलमा नेपाली खेलाडीले कालोपट्टी बाँधेर खेलेका छन् । 

जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा ज्यान गुमाएका तथा घाइते भएकाहरुको सम्झनामा खेलाडीहरु कालोपट्टी बाँधेर मैदानमा उत्रिएका हुन् । खेलाडीहरुले मौनधारण पनि गरेका छन् ।

कप्तान रोहित पौडेलले फाइनल खेल भूकम्प पीडितहरुप्रति समर्पित हुने बताए । 

शुक्रबार राति जाजरकोट केन्द्र बनाएर गएको भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा घाइते भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आजको खेलमा टिकट बिक्रीबाट उठेको आधा रकम पीडितहरुलाई दिने घोषणा गरेको छ ।

टिप्पणीहरू