यूएईलाई हराउँदै नेपाल विश्वकपमा छनोट

यूएईलाई हराउँदै नेपाल विश्वकपमा छनोट

चीर प्रतिद्धन्द्दी यूएईलाई पराजित गर्दै नेपाल आइसीसी टी–२० विश्वकपमा छनोट भएको छ । 

एसिया छनोटको सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान बनाएको हो ।आज मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन बनाएको थियो । 

जवाफमा नेपालले १७ बल बाँकी छँदै लक्ष्य पूरा गर्यो  । नेपालको जितमा ओपनर आशिफ शेखले सर्वाधिक रनको योगदान दिए । अर्धशतकीय पाली खेलेका उनले मात्र ५१ बलमा ६ चौका र २ छक्काको मद्दतले ६४ रनमा अविजित रहे । त्यस्तै, कप्तान रोहित पौडेलले ३५ रनको अविजित पाली खेले । गुल्सन झाले २२ र कुशल भुर्तेलले ११ रन बनाए । 

नेपाली बलर सामु निरिह देखिएको यूएईका भृत्य अरविन्दले ६४ रन बनाएका थिए । मुहम्मद वासिमले २६, एलिसान सराफुले १६, आसिफ खानले १३, खालिद शाहले ३ र अलि नासिरले ४ रन जोडे । 

यूएईलाई सस्तैमा समेट्न कुशल मल्लले सर्वाधिक ३ विकेट लिए । त्यस्तै, सन्दीप लामिछानेलले २ र सोमपाल कार्मी र रोहित पौडेलले समान एक-एक विकेट आफ्नो नाममा गरे । 

जितसँगै नेपालले आगामी वर्ष अमेरिका र वेष्ट इण्डिजमा आयोजना हुने टी-२० विश्वकप खेल्ने पक्का भएको हो ।
 

टिप्पणीहरू