यातायात व्यवसायीहरुमाथि अदालतको अवहेलनामा कारबाही माग
सार्वजनिक यातायात बन्दविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता विमल पोखरेलले हड्तालका कारण नागरिकको आधारभूत र मौलिक हक हनन भएको भन्दै रिट गरेका हुन् ।
रिटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय र यातायात व्यवसायी महासंघलाई विपक्षी बनाइएको छ । तत्काल यातायात सेवा सुचारु गर्न अन्तरिम आदेश र अत्यावश्यक सेवा क्षेत्रमा हड्ताल निषेधको परमादेश जारी गर्नुपर्ने पोखरेलको माग छ ।
‘अत्यावश्यक क्षेत्रमा हड्ताल गर्न पाइँदैन भन्ने बारेमा सबै…