राजावादीहरु ‘लुट्न सके लुट कान्छा, नेपालमै हो छुट’ गीतमा मस्त

राजावादीहरु ‘लुट्न सके लुट कान्छा, नेपालमै हो छुट’ गीतमा मस्त

राजसंस्था पुनस्र्थापनाको माग गर्दै राजावादीहरुले गणतन्त्र दिवसका दिनदेखि थालेको आन्दोलन आज पाँचौ दिन पुगेको छ । अनिश्चितकालीन आन्दोलनमा होमिएका उनीहरु आज काठमाडौंको सिफलचौरमा भेला भएका हुन् । 

आजको कार्यक्रममा दिउँसो साढे ३ बजेसम्म राजावादी आन्दोलनका शीर्ष नेताहरु पुगेका छैनन् । समर्थकहरु मात्र भेला भएको प्रदर्शनमा लोक गायक पशुपति शर्माको ‘लुट्न सके लुट् कान्छा, नेपालमै हो छुट्’ गीत घन्काउँदै सहभागीहरु नाचिरहेका छन् । 

त्यसैगरी धर्मगुरु आचार्य श्रीनिवासले ‘श्री राष्ट्रको पशुपतिनाथकी’, ‘श्री मुक्तिनाथ भगवानको’, ‘तीर्थमय नेपाल आमाको’, ‘श्री समस्त गौमाता’ को भनेपछि प्रदर्शनकारीले ‘जय’ भनेका छन् ।

टिप्पणीहरू