महासंघ अध्यक्ष र आइएमएफ प्रतिनिधिको भेटमा बजेटबारे चर्चा
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का नेपाल मिसन प्रमुख डा. सरावत जहानले भेटवार्ता गरेकी छन् । महासंघको टेकूस्थित सचिवालयमा भएको भेटवार्तामा आर्थिक वर्ष २०८२/८३ को बजेट, मौद्रिक नीति, नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र नेपाल सरकारसँगको सहकार्यका विषयमा विस्तृत छलफल भएको जनाइएको छ ।
सो अवसरमा बोल्दै अध्यक्ष ढकालले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख चालक शक्तिको रूपमा प्राथमिकता दिएको बता…