रुख रोपौं, प्लाष्टिक नफालौं, माछा जोगाऔं

रुख रोपौं, प्लाष्टिक नफालौं, माछा जोगाऔं

आज जुन ५ अर्थात् विश्व वतावरण दिवस ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ विश्वभर मनाईंदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो । 

हरेक वर्ष पृथ्वीमा ४० करोड टन प्लाष्टिकजन्य फोहर उत्पादन हुने गरेको र त्यसमध्ये १० प्रतिशत मात्र पुनः प्रयोग हुने, एक करोड १० लाख टन प्लाष्टिक नदी, पोखरी, महासागरमा पुग्ने गरेको छ ।

आजै गैरकानुनी रूपमा माछामार्नेविरुद्धको संघर्ष दिवस पनि मनाईंदै छ । राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को आह्वानमा सन् २०१७ देखि मनाउन थालिएको यो दिवसको उद्देश्य गैरकानुनी रूपमा माछामार्ने प्रवृत्ति अन्त्य हुनुपर्ने छ । 

विभिन्न पोखरी, सागर, महासागरबाट हरेक वर्ष दुई करोड ६० लाख टन माछा मार्ने गरिएको छ ।

टिप्पणीहरू