सिंहदरबारमा दुई घण्टा विद्युत अवरुद्ध,  लोखर्केलाई दोष

सिंहदरबारमा दुई घण्टा विद्युत अवरुद्ध,  लोखर्केलाई दोष

सिंहदरबारमा दुई घण्टा विद्युत अवरुद्ध भएको छ । आज बिहान साढे ११ बजेदेखि साढे १ बजेसम्म बत्ती गएको हो । 

जसका कारण सबै मन्त्रालयको नियमित कामकाज प्रभावित भएको छ । नेपाल टेलिभिजनको कार्यालय परिसरमा चराहरू तारमा ठोक्किएपछि विद्युत सर्ट भएर बिजुली बन्द भएको रत्नपार्क वितरण केन्द्रका प्रमुख प्रज्वलमान श्रेष्ठले जानकारी दिए । 

‘एनटिभी अगाडीको पोलमा सर्ट भएको रहेछ, लोखर्के र काग ठोक्किएर मरेछन्, तीन वटा टोलीले बनाइसक्यो’, उनले भने । 

केही बेरदेखि विद्युत सूचारू भएकाे श्रेष्ठले बताए ।
 

टिप्पणीहरू