आफ्नै मुद्दामा सिन्सियरको हार
राजधानीको पुतलीसडकस्थित सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले पत्रकारहरुविरुद्ध दायर गरेको मुद्दामा हार व्यहोरेको छ ।
विभिन्न मिडिया र पत्रकारहरुलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा दाबी नपुग्ने फैसला भएको छ । सिन्सियरले २०७९ फागुन १५ गते काठमाडौं जिल्ला अदालतमा बेईज्जती एवं प्रतिष्ठासमेत विरुद्धको मुद्दा दायर गरेको थियो ।
सहकारीविरुद्ध लेखेको समाचारले ७७ करोड रुपैयाँको क्षति भएको भन्दै सिन्सियरको सञ्चालक समितिका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ र क…