कानुन कार्यान्वयन नगरी समाज फेरिन्छ र ?
वरिष्ठ अधिवक्ता मीरा ढुंगानाले कानुनको प्रभावकारी कार्यान्वयनबेगर समाज परिवर्तन सम्भव नभएको बताएकी छन् ।
‘एनएएलसी फेमिनिष्ट स्पार्क’ द्वारा आयोजित ‘फेमिनिष्ट भ्वाइस इन लः अ कन्भरसेसन विथ मीरा ढुंगाना’ विषयक कार्यक्रममा बोल्दै उनले कानुनका शब्दहरुलाई व्यवहारमा उतार्न सकेमा मात्र समाज परिवर्तन हुने धारणा राखेकी हुन् ।
उनले भनिन्,‘कानुन निर्माण गरेर मात्रै हुँदैन,त्यसको प्रभावकारी कार्यान्वयन नगरेसम्म समाजमा परिवर्तन सम्भव छैन । कानुनका शब्दहरुलाई व्यवहारमा उतार्न समाजका सबै तहबाट आवाज उठ्नुपर्छ ।’ त्यसैगरी,उनले महिलामाथि भइरहेका आधुनिक प्रकारका हिंसा, सामाजिक संरचना र न्यायिक प्रणालीभित्रको लैङ्गिक असमानताका विषयमा पनि आफ्नो विचार व्यक्त गरिन् ।
दृष्टिलाई ३ दिनभित्र विशेष अदालतमा जवाफ दिने मौका
हिंसा शारीरिक वा देखिने मात्र नहुने उनको जिकिर छ । अगाडि थपिन्,‘आजको दिनमा हिंसा शारीरिक वा देखिने रुपमा मात्र हुँदैन । मानसिक, आर्थिक,साइबर वा सामाजिक बहिष्करणको रुपमा पनि महिलामाथि हिंसा भइरहेको छ, जुन प्रायः कानुनी रुपमा सम्बोधन हुन सकिरहेको छैन ।’
कार्यक्रमको अन्तरक्रियात्मक सत्रमा न्यायालयमा कार्यरत महिला कर्मचारी, कानुनका विद्यार्थी, महिला अधिकारकर्मी र कानुन व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । अन्तरक्रिया सेसनको सहजकर्तामा प्रशसा महत थिइन् । सहभागीहरुले यस्ता खालका संवादले महिला अधिकार, न्याय र कानुनी पहुँचका विषयमा नयाँ दृष्टिकोण स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
रास्वपा र राप्रपालाई छानविन समिति अमान्य
टिप्पणीहरू