दृष्टिलाई ३ दिनभित्र विशेष अदालतमा जवाफ दिने मौका
विशेष अदालतको इतिहासमा पहिलोपटक सबै न्यायाधीश सम्मिलित इजलास गठन गरेर मिडिया अदालतमाथि लगातार खनिएको मुद्दामा सुनुवाइ गरिएको छ ।
अदालतको अवहेलना मुद्दामा सबै ६ जना न्यायाधीश बसेर दृष्टि साप्ताहिक र अनलाइनलाई ३ दिनभित्र जवाफ पेश गर्न मौका दिइएको छ । दृष्टि मिडिया प्रालिका अध्यक्ष शम्भुलाल श्रेष्ठसहित दृष्टि अनलाइन र एमपी सुब्बाविरुध्द हिजो विशेषमा अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो ।
विशेषका कर्मचारीहरु नवराज सापकोटा,सागर भण्डारी, यज्ञराज रेग्मी,प्रमिला काफ्ले, गरिशा भट्टराईले दायर गरेको मुद्दाको दर्ता नम्बर ०८१–ओए–०५५७ रहेको छ । सो मुद्दा आज न्यायाधीशहरु अध्यक्ष टेकनारायण कुँवर,तेजनारायण सिंह राई, रामबहादुर थापा,मुरारीबाबु श्रेष्ठ,रितेन्द्र थापा,विदुर कोइरालाको इजलासमा पेशी चढेको थियो ।
स्रोतका अनुसार अधिवक्ताहरुले प्रतिवादीलाई पक्राउ गरेर बयान गराउन बहस गरेका छन् । स्रोतले भन्यो,‘आज बहस भइसकेको छ । अधिवक्ताहरुले २४ घण्टाभित्र पक्राउ गरेर अदालतमा उपस्थित गराउन भनेका छन् ।’तर अदालतले भने फौजदारी प्रक्रितिको यस प्रकरणमा सँयमता देखाउँदै तीन दिनभित्र जवाफ पेश गर्न मौका दिएको छ ।
दृष्टि अनलाईनमा केही दिनअघि ‘शेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकमा समाचार प्रकाशित भएकाे थियो ।



याे पनि...
चर्क कुरा गर्नेहरू थुनिनेबित्तिकै ठण्डाराम
जलाउने ठाउँमा समेत भ्रष्टाचार, १४ जनाविरुद्ध मुद्दा
टिप्पणीहरू