ओली कुटीको लागत ६ करोड !

ओली कुटीको लागत ६ करोड !

एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा निर्माण गर्न लागिएको ‘ओली कुटी’ को लागत ६ करोड रुपैयाँ अनुमान गरिएको छ । १३ आना जग्गाको प्रचलित मूल्य प्रति आना २७ लाखको दरले ३ करोड ५१ लाख रुपैयाँ हुन आउँछ । 

सोही मूल्यमा जग्गा बैना गरिएको एमाले भक्तपुर स्रोतले बताएको छ। सेनाका पूर्व जमदार सुधीर कुँवरको उक्त जग्गा कित्ताकाट गरेर खरिद प्रक्रिया अघि बढाइएको छ ।

कुँवरकी श्रीमती सरिता स्थानीय एमाले कार्यकर्ता हुन् । उनी महेश बस्नेत गुण्डु गाविस अध्यक्ष भएका बेला वडा सदस्य थिइन् । २०७४ मा जिल्ला समन्वय समिति भक्तपुरको उप–प्रमुख बनिन् ।

जग्गा खरिदपछि ‘ओली कुटी’ निर्माणमा २ करोड ५० लाख खर्च हुने अनुमान छ । यस हिसाबले कुटी निर्माणको प्रारम्भिक लागत ६ करोड रुपैयाँभन्दा बढी हुने देखिन्छ।

कुटी बनाउने भनिएको जग्गा वरपरका जग्गा पनि झापा र मोरङका व्यक्तिले खरिद गरिसकेका छन् । आवश्यक परेमा पछि ती व्यक्तिसँग पनि थप जग्गा किन्नुपर्ने योजना बनेको हुनसक्छ । कुटी निर्माणका लागि महेश बस्नेतको विशेष पहलमा चन्दा संकलन थालिएको छ ।

टिप्पणीहरू