बालेन र कल्याणकोमा पनि उस्तै भीड
प्रधानमन्त्री सुशीला कार्कीले हिजो दिउँसो काठमाडौं महानगरका बालेन साहलाई उनकै घर पुगेर भेट्नुभएको छ । सिनामंगल गैरीगाउँस्थित घरमा पिताको किरिया बारिरहेका साहलाई भेटेर आएपछि उहाँले सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय तथा मन्त्रिपरिषद सचिवालयमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको थियो ।
बालेनका दाजुभाइ किरियापुत्रीलाई भेट्न प्रधानमन्त्री पुग्दा साहका तीन जना काका,बैंगलोरदेखिका पाहुनाहरुसमेत घरमा थिए । डा. गोविन्द केसीको अनसनदेखिका पात्र डा.अभिषेक सिंह,बालेनका पिए भूपदेव साह पनि देखिन्थे ।
भदौ २४ गतेको जेन जी विध्वंशपछि सडक सफाइको नाममा अघि सरेका केपी खनाललगायतको भीड छिचोल्दै प्रधानमन्त्री पुग्नुभएलगत्तै सुमना श्रेष्ठ सामेल भएकी थिइन् ।
उता पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठको घरमा पनि उस्तै भीड लाग्ने गरेको छ । श्रेष्ठका पिता कुलबहादुर गतसाता बित्नुभएको थियो ।
टिप्पणीहरू