टिकटकर रमाको रिटमा कारण देखाऊ आदेश

टिकटकर रमाको रिटमा कारण देखाऊ आदेश

टिकटकर रमा बस्नेतलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ ।

न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश गरेको हो । 

खोटाङ घर भई भक्तपुर बस्दै आएकी उनलाई प्रधानमन्त्रीसहित राजनीतिक नेतृत्वलाई गाली गरेको र मधेशी समुदायलाई होच्याउने गरी बोलेर साम्प्रदायिक खलल पुर्याएको आरोपमा गत असार १ गते पक्राउ गरिएको थियाे । उनलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै बुवा बलदेव बस्नेतले हिजो बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका हुन् । 

दर्ता नम्बर ०८१–डब्ल्युएच–०३८० भएको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय, काठमाडौं जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालय, साइबर ब्यूरोलगायतलाई विपक्षी बनाइएको छ ।

टिप्पणीहरू