दुई आयोगका सचिव साटफेर
सरकारले दुई जना सचिवको जिम्मेवारी हेरफेर गरेको छ ।
हिजो साँझ बसेको क्याविनेट बैठकले निर्वाचन आयोग र प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिवको कार्यक्षेत्र फेरबदल गर्ने निर्णय गरेको हो ।
जसअनुसार निर्वाचन आयोगका सचिव भरतमणि सुवेदीलाई वित्त आयोगमा लगिएको छ भने त्यहाँ कार्यरत महादेव पन्थलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ ।
सरकारले केही महिनाअघि मात्रै यी दुईलाई निर्वाचन र वित्त आयोगमा पठाएको थियो । तर, ६ महिना नपुग्दै उनीहरु साटफेर भएका हुन् ।
टिप्पणीहरू