समाचार

कुकुरले टोकेर मरेको गाईमा रेबिज पुष्टि भएपछि

काभ्रेको महाभारत गाउँपालिकामा मरेको पशुमा रेबिज पुष्टि भएको छ । केही दिनअगाडि वडा नम्बर एक र आठमा मरेको गाईमा रेबिज पुष्टि भएको स्थानीय श्याम लामाले जानकारी दिए। दुबै वडामा  एक एक वटा गाई मरेपछि गाउँपालिकाले पठाएको पशु स्वास्थ्यकर्मीहरुले जाँच गर्दा रेबिज पुष्टि भएको लामाको भनाइ छ। रेबिज पुष्टि भएपछि गाउँ नै त्रसित भएको स्थानीय मिलन मगरले बताए ।

Page 1912 of 2004