अब कसको सरकार ?

अब कसको सरकार ?

चुनाव सकियो, सरकार कसको बन्छ भन्ने नयाँ बहस शुरु भएको छ । त्यो वास्तवमा स्वाभाविक हो । चुनाव भएकै नयाँ सरकार बनाउनलाई हो । त्यसैले सरकार कस्तो बन्छ भनेर चिन्ता हुनु स्वाभाविकै हो ।

अहिले कसको सरकार बन्ला भन्ने विषयमा मतहरू बाँडिएको पाइन्छ । कोही भन्छन्, अब देशमा शेरबहादुर देउवाको सरकार बन्छ । कोही भन्छन्, होइन प्रचण्डको सरकार बन्छ । कोही खड्गप्रसाद ओलीको सरकार बन्छ भन्छन् । चाहिँ यसपाली भारतको सरकार बन्छ भन्नेहरू पनि छन् । कोही चाहिँ भारत होइन चीनको सरकार बन्छ भन्नेहरू पनि छन् । यी मानिसहरूको अन्तर्राष्ट्रिय नलेज देखेर म छक्क पर्छु । कोही त भारतको पनि होइन, चीनको पनि होइन, यस पाली अमेरिकाको सरकार बन्छ भन्नेहरू पनि छन् । 

म चाहिँ कुरा बुझ्दिन । नेपालमा अमेरिकाको सरकार कसरी बन्छ ? युरोपको सरकार कसरी बन्छ ? बन्छ भने त नेपालकै सरकार मात्र बन्ने हो । तर नेपालमा नेपालको होइन भारतको अथवा चीनको सरकार बन्छ भनेर बर्बराउनेहरू पनि रहेछन् । यो अन्यौलले गर्दा पनि मानिसमा झनै ठूलो कौतुहलता बढाएको छ, अब देशमा कसको सरकार बन्छ होला ?
 

टिप्पणीहरू