तलब नपाएका पत्रकारले अध्यक्षको घर घेरे
पत्रकारलाई तत्काल तलव व्यवस्थापन गर्न माग गर्दै श्रमजीवी पत्रकार संघले आज गोरखा टिभीका अध्यक्षको घर अगाडि विरोध प्रदर्शन गरेको छ । त्यहाँ कार्यरत पत्रकारले लामो समयदेखि पारिश्रामिक नपाएको बताउँदै संघले टेलिभिजनका अध्यक्ष तेजविक्रम थापाको निवास घेराउ गरेको हो ।
सो क्रममा प्रदर्शनकारीले ‘गोरखा टिभीमा काम गरेका सम्पूर्ण श्रमजीवीको बाँकी बक्यौता तत्काल भुक्तानी गर’,‘पटक-पटक झुक्याएर पत्रकारलाई दुःख दिने हर्कत बन्द गर’,‘श्रमजीवी पत्रकार ऐन…