पाँच महिनामै छोडे प्रभाकरले

पाँच महिनामै छोडे प्रभाकरले

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । क्रिकेट एशोसिएशन अफ नेपाल (क्यान) ले आज उनको राजीनामा स्वीकृत गरेको हो । क्यानले मुख्य प्रशिक्षक प्रभाकरले दिएको राजीनामा आजबाट लागू हुने गरी स्वीकार गरेको जानकारी गराएको छ । 

तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गत साउनमा क्यानले प्रभाकरलाई नियुक्ति गरेको थियो । तर, आफ्नो प्रशिक्षणमा नेपालले महत्वपूर्ण खेलमा अपेक्षाकृत नतिजा निकाल्न नसकेपछि उनी दबाबमा थिए ।  साथै, पछिल्लो समय क्यानका पदाधिकारीसंग पनि उनको सम्बन्ध चिसिएकाले राजीनामा दिएको बुझिएको छ । 

डिसेम्बर २ देखि ८ सम्म नामिबियामा सम्पन्न आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशिय शृंखलामा लज्जास्पद प्रदर्शन गरेर नेपाली क्रिकेट टिम घर फर्किएसँगै प्रभाकर भारत प्रस्थान गरेका थिए । उनले उतैबाट क्यानलाई राजीनामा बुझाएको बताइएको छ ।

टिप्पणीहरू