हिंसामा उत्रिए मोरक्कोका समर्थक, फ्रान्सको झण्डा च्यातियो

हिंसामा उत्रिए मोरक्कोका समर्थक, फ्रान्सको झण्डा च्यातियो

गत राति विश्वकपको सेमिफाइनलमा आफ्नो देशको हारपछि निराश बनेका मोरक्कोका फ्यानहरू हिंसामा उत्रिएका छन् । जसका कारण फ्रान्स र बेल्जियममा झडप भएको छ । फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै अर्जेन्टिनासँगको फाइनल खेल पक्का गरेको थियो । नतिजाबाट निराश मोरक्कोका फ्यानहरूले फ्रान्सको सडकमा ज्वाला र आतिशबाजी प्रयोग गरेर विनाशको दृश्यहरू देखाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

जसमध्ये एक जनाले दक्षिण फ्रान्सको मोन्टपेलियरमा कारबाट फ्रान्सेली झण्डा च्यातेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो । आक्रोशित मोरक्को समर्थकहरुले फ्रान्सको विजयमा उत्सव मनाउनेमाथि बिभिन्न वस्तुहरू फ्याँकेको पनि जनाइएको छ ।

बेल्जियमको राजधानी ब्रसेल्समा पनि दंगा प्रहरी तैनाथ गरिएको थियो, जहाँ मोरक्कन मूलका  जनसंख्याको बाहुल्यता छ । भीड तितरबितर गर्न प्रशंसक र सुरक्षा बलहरू बीच झडप पनि भयो । तेस्रोका लागि शनिबार मोरक्कोले क्रोयसियाको सामना गर्दै छ ।

टिप्पणीहरू