न्याय सिद्धयाउने अध्यादेश फिर्ता लिन माग
न्यायका लागि मानव अधिकार नामक संस्थाले फौजदारी कार्यविधि संहितामा संशोधन अध्यादेश जारी गर्ने निर्णय तुरुन्त फिर्ता लिन माग गरेको छ ।
मंसिर २५ गतेको मन्त्रिपरिषद बैठकले निर्णय गरी प्रमाणिकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको उक्त अध्यादेश फिर्ता लिन संस्थाले माग गरेको हो । साथै, संस्थाले गम्भिर प्रकृतिका फौजदारी मुद्दा फिर्ता लिने उद्धेश्यले जारी गर्न खोजिएको अध्यादेशप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
‘गम्भीर प्रकृतिका फौजदारी मुद्द…