कुटेर मारेको अभियोगमा एक जना पक्राउ

कुटेर मारेको अभियोगमा एक जना पक्राउ

जग्गाको विषयलाई लिएर कुटिकुटी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

सर्लाहीमा जग्गाको विषयलाई लिएर कुटपिट गर्दा चक्रघट्टा गाउँपालिका–२ भेल्ही बस्ने ७० वर्षीया सागर देवीको हत्या भएको थियो । हत्या अभियोगमा सोही ठाउँ बस्ने उनकै देवर नाताका ६५ वर्षीय पुकार रायलाई हिजो दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पुकार राय,उनको छोरा ४० वर्षीय जितु भन्ने जितेन्द्र राय र बुहारी ३० वर्षीया अनिता देवी राय समेत मिली जग्गाको विषयलाई लिएर कुटपिट गर्दा सागर देवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

"३० बर्षदेखि जग्गाको विवाद रहेछ। मृतक धेरै रोगी रहिछन् । झगडामा मुछिन जाँदा पछाडिबाट घचेटेछ्न। भुइँमा लड्नासाथ उनको मृत्यु भयो । घटनामा संलग्न जितेन्द्र र अनिता  फरार छन् ।

उनीहरुको खोजी कार्य साथै अनुसन्धान भइरहेको छ"-जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी प्रविन पोखरेलले जनआस्थालाई बताउनुभयो।

टिप्पणीहरू