मधेसमा यस्ता घटना कति हो कति !

मधेसमा यस्ता घटना कति हो कति !

घरेलु हातहतियारले प्रहार गरी अंगभंग बनाइदिएर फरार भएका एक अभियुक्तलाई प्रहरीले समातेको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ७ बस्ने २३ वर्षीय रन्जितकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

५० वर्षीय मधुराम यादवको घरेलु हतियार प्रहारबाट बाँया हात भाँचिदिएका र कुटपिट गरी अंगभंग बनाएर गत बैशाख १९ गतेदेखि फरार रहेका उनी अस्ति बल्ल पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले उनलाई छिन्नमस्ता गाउँपालिका वडा नं. ०७ बाट पक्राउ गरी थप अनुसन्धानको लागि सात दिनको म्याद थपेको थियो । 

२०७६ साउन २५ गते उक्त गाउँपालिकामै बस्ने नन्दकिशोर यादवमाथि घरेलु हतियार प्रहार गरिएको र २०७६ माघ २२ गते पुनः नन्दकिशोर यादव र मो.ईस्राफिलमाथि हतियार प्रहार गरी घाइते बनाएर फरार भएको अनुसन्धानबाट पत्ता लागेको छ । 

त्यस्तै, २०७७ ज्येष्ठ २९ गते राजविराज नगरपालिका वडा नं. ०६ बस्ने ताहिर मन्सुरीमाथि र २०७८ ज्येष्ठ २१ गते पुनःत्यही नगरपालिकाको वडा नं. ०७ बस्ने ईद्रिस मन्सुरीसहित ९ जनालाई हतियार प्रहारबाट घाइते बनाई फरार भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू