श्रीमती कुट्ने डा. पंकज प्रहरी हिरासतमा

श्रीमती कुट्ने डा. पंकज प्रहरी हिरासतमा

दाइजोको निहुँमा श्रीमती कुटपिट गरी घर निकाला गर्ने डा.पंकज चौधरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय,महोत्तरीले उनलाई हिजो नियन्त्रणमा लिएको हो । 

महोत्तरी रामगोपालपुर नगरपालिका–५ का ३५ वर्षीय पंकजले दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई मानसिक र शारीरिक यातना दिँदै आएका थिए । 

घरेलु हिंसामा परेकी नेहाले दाइजोविरुध्द दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीमाथि दाइजोविरुध्दको कसूरमा कारबाही चलाउन अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनीले बताए । 

हाल उनी जिल्ला प्रहरी कार्यालय, महोत्तरीको हिरासतमा छन् । तीन वर्षको प्रेमलाई विवाहमा परिणत गरेकी नेहा त्यसयता निरन्तर घरेलु हिँसाको शिकार भएकी छन् । 

दाइजो निँहुमा पंकजले आफूलाई कुटपिट तथा यातना दिएको नेहाको आरोप छ । यता, डाक्टरी पेशामा संलग्न पंकजलाई जागिरबाट पनि हटाइएको छ । 

२० तोला सुन र ५१ लाख रूपैयाँले पनि नपुगेको भन्दै श्रीमतीलाई कुटपिट गरेको आरोपमा मुछिएका पंकजलाई ग्राण्डी र नर्भिक अस्पतालले कामबाट बर्खास्त गरेको छ  ।

टिप्पणीहरू