सुकुम्बासीका नाममा राजनीति सधैं
मंसिर २० गते उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले सही सुकुम्वासीको पहिचान गरी व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकासँग ऐक्यवद्धता जनायो । मंगलवार समितिले सुकुम्वासीको नाममा भइरहेको राजनीति अन्त्य गरी दादागिरी अन्त्य हुनुपर्ने बतायो । समितिले सुकुम्वासीको खोल ओढेर र राजनीतिक दलहरूको छत्रछायाँमा हतियार बोकेर हिँड्न नमिल्ने भन्दै महानगरले गरेको काम सही भएको जनाएको छ । काठमाडौं महानगरप्रति ऐक्यवद्धता जाहेर गरेपछि मंगलवार महानगरपालिका कार्यालयअगाडि प्रदर्शन गर्दै समि…