लेनदेन मुद्धाका फरार अभियुक्त समातिए

लेनदेन मुद्धाका फरार अभियुक्त समातिए

लेनदेन मुद्दामा फरार भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको राजविराज नगरपालिका वडा नं. ०४ बस्ने ३३ वर्षीय राजेशकुमार साहलाई प्रहरीले समातेको हो । 

सोही नगरको वडा नं. ३ बस्ने सुरेन्द्र हलुवाईसँग गत कात्तिक २५ गते भएको लेनदेन बिगो मुद्दामा साहलाई सप्तरी जिल्ला अदालतले १ वर्ष ५ महिनाको कैद सजाय सुनाएको थियो । सजाय सुनाएलगत्तै फरार रहेका उनी अस्ति खोजतलासको क्रममा पक्राउ परेका हुन्  । 

पक्राउ परेसँगै उनलाई अदालतमा उपस्थित गराई कैद भुक्तानीका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

टिप्पणीहरू