एनसेलले भन्यो ‘निर्णयको सम्मान गर्छौं, नेपाल सरकारसँग समन्वय गरिरहन्छौं’
निजी क्षेत्रको मोबाइल फोन सेवा प्रदायक एनसेल आजियाटाले नेपाल सरकारले आफ्नो कारोबारबाट कुनै पनि कर, दस्तुर, जरिवाना वा ब्याज माग गर्न नपाउने बताएको छ ।
इन्टरनेशनल सेन्टर फर दि सेटलमेण्ट अफ इन्भेष्टमेन्ट डिस्प्युट (आईसीएसआईडी) ले पुँजीगत लाभकरसम्बन्धी दिएको मध्यस्थतासम्बन्धी निर्णयको सम्मान गर्ने जानकारी गराउँदै एनसेलले अब नेपाल सरकारले आफ्नो कारोबारबाट कुनै पनि कर, दस्तुर, जरिवाना वा ब्याज मागको दाबी गर्न नपाउने उल्लेख गरेको छ ।
मध्यस्थतासम्बन्धी नेपाल सरकारले २०४९ फ…