शहरी विकासको बजेट दोब्बरले बढ्यो, सञ्चारमा पनि वृद्धि

शहरी विकासको बजेट दोब्बरले बढ्यो, सञ्चारमा पनि वृद्धि

सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेट वृद्धि गरेको छ । 
 
अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चार मन्त्रालयको बजेट बढाएर  ८ अर्ब ७१ करोड पुर्याएको जानकारी दिनुभएको हो । चालु आर्थिक वर्षमा सञ्चारमा ८ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । 

त्यस्तै, शहरी विकास मन्त्रालयको बजेट बढाएर झण्डै दोब्बर पुर्याइएको छ । अर्थमन्त्री डा. महतले शहरी विकासका लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताउनुभयो ।

यस वर्ष शहरी मन्त्रालयका लागि ३७ अर्ब ७३ करोड रुपैयाँमात्रै बजेट विनियोजन भएको थियो ।

टिप्पणीहरू