राष्ट्रपति चुरे संरक्षणका लागि १ अर्ब ५ करोड

राष्ट्रपति चुरे संरक्षणका लागि १ अर्ब ५ करोड

सरकारले सामुदायिक वन र संरक्षित क्षेत्रलाई पर्यापर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने भएको छ । 

आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यसको जानकारी गराउनुभएको हो । राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत् संघ, प्रदेश र स्थानीय तहको सहभागितामा चुरे संरक्षण गुरुयोजना कार्यान्वयन गरिने बजेटमा उल्लेख छ ।

अर्थमन्त्री डा. महतले यसअन्तर्गत जल र जमिन संरक्षण गर्न बाँस रोपण, पोखरी संरक्षण, पहिरो नियन्त्रणलगायतका कार्यक्रम सञ्चालन गरिने प्रस्ट पार्नुभयो ।

त्यसका लागि १ अर्ब ५ करोड रुपैयाँ विनियोजन गरिएको पनि अर्थमन्त्रीले जानकारी गराउनुभयो ।

टिप्पणीहरू