त्रिवि खेल मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने, अन्यत्र पनि रंगशाला खोल्ने

त्रिवि खेल मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने, अन्यत्र पनि रंगशाला खोल्ने

सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउने घोषणा गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज बजेट भाषणमार्फत् उक्त कुराको घोषणा गर्नुभएको हो । 

टियु क्रिकेट मैदानमा फ्ल्ड लाइट राख्न पनि बजेट विनियोजन गरिएको छ । 

बजेटमा काठमाडौँको मूलपानीलगायत देशका विभिन्न स्थानमा रहेका क्रिकेट मैदानको स्तरोन्नति गरिने जनाइएको छ । त्यस्तै, नयाँ क्रिकेट मैदान बनाउन आवश्यक बजेट विनियोजन गरिएकोसमेत अर्थमन्त्रीले जानकारी गराउनुभयो ।

टिप्पणीहरू