खुद्रे आयोजना कटौती, भौतिकको बजेट घट्यो

खुद्रे आयोजना कटौती, भौतिकको बजेट घट्यो

सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट घटाएको छ । पुँजीगत खर्च निराशाजनक देखिएपछि सरकारले यस्तो निर्णय गरेको बताइएको छ । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि भौतिक पूर्वाधार मन्त्रालयलाई १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभएको छ ।

खुद्र आयोजनामा बजेट नदिएर सरकारले नतिजा देखिने खालका रणनीतिक आयोजनामा मात्रै बजेट व्यवस्था गरेपछि मन्त्रालयको बजेट ३० अर्बले घटेको हो । चालु आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

टिप्पणीहरू