नेपाली काँग्रेस

काँग्रेसका दुवै बैठक स्थगित

नेपाली काँग्रेसले आज दिउँसो डाकिएको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक स्थगित गरिएको छ । आज स्थगित भएको बैठक भोलि बिहान राखिएको जनाइएको छ । संसदीय दल कार्यसमितिको बैठक भोलि बिहान ८ बजे र दलको बैठक ९ बजे राखिएको छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने छ । आज दिउँसो १ र २ बजे बोलाइएको बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा राखिएको थियो ।

Page 1 of 3