सानेपा जानुअघि काँग्रेस नेताहरुको चप्पल कारखानामा भेट

सानेपा जानुअघि काँग्रेस नेताहरुको चप्पल कारखानामा भेट

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलिदेखि शुरु हुँदैछ । गत साता बुधबारका लागि तय गरिएको उक्त बैठक प्रधानमन्त्री पत्नी सीताको निधनका कारण एक साता पछाडि धकेलिएको थियो । बैठक पार्टी कार्यालय, सानेपामा डाकिएकाे छ ।

भोलिको बैठकको एजेण्डा तय गर्न काँग्रेसका नेताहरु सभापति शेरबहादुर देउवाको निवास चप्पल कारखानामा भेला भएका छन् । सभापति निवासमा पदाधिकारी र पूर्व पदाधिकारीहरुको सहभागिता रहेको बैठक सुरु भएको हो ।

टिप्पणीहरू