संसदीय समितिको सभापतिमा काँग्रेसका चार उम्मेदवार पक्का

संसदीय समितिको सभापतिमा काँग्रेसका चार उम्मेदवार पक्का
सुन्नुहोस्

सत्तारुढ नेपाली काँग्रेसले संसदीय समिति सभापतिका उम्मेदवारको नाम टुंगो लगाएको छ । 

चारवटा समितिको सभापति पाएको काँग्रेसले राज्य व्यवस्थामा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा तथा अर्थ समितिमा सन्तोष चालिसेको नाम टुंग्याएको हो ।

सत्तारुढ काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपासहित प्रतिपक्ष एमालेले १२ वटा समितिको सभापति यसअघि नै भागबण्डा लगाएका थिए । जसअनुसार काँग्रेसले चारवटा समितिको सभापति पाएको छ । 

प्रतिनिधिसभा निर्वाचन सम्पन्न नौ महिनापछि आज संसदीय समिति सभापतिका लागि उम्मेदवारी मनोनयन हुँदैछ । निर्वाचन भोलि हुनेछ ।

टिप्पणीहरू