काँग्रेस नेताहरु पुगे देउवा निवास

काँग्रेस नेताहरु पुगे देउवा निवास
सुन्नुहोस्

नेपाली काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ । बिहान साढे ११ बजे बोलाइएको बैठकमा सहभागी हुन काँग्रेसका नेताहरु सभापति शेरबहादुर देउवाको निवास चप्पल कारखानामा पुग्ने क्रम जारी छ । 

आज दिउँसो २ बजे संसद सुचारुको निम्ति एमालेको मागबमोजिम उच्चस्तरीय छानबिन आयोग गठनको निम्ति गरिने सहमतिको खाका बनाईंदैछ । त्यसका लागि एमालेको संसदीय दलका उपनेता सुवास नेम्वाङ, काँग्रेसका मुख्य सचेतक रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डे सम्मिलित समितिको बैठकअघि काँग्रेसको पदाधिकारी बैठक डाकिएको हो । 

प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजे राखिएको छ ।

टिप्पणीहरू