संसद र काँग्रेसको बैठक एकै समयमा

संसद र काँग्रेसको बैठक एकै समयमा

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । साउन १० गतेदेखि पटक पटक अवरुद्ध बैठक आज डाकिएको हो । 

एमालेले एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै बैठक अवरुद्ध गर्दै आएको छ । 

राष्ट्रिय सभाको बैठक पनि आज बिहान ११ बजे बस्दैछ । 

नेपाली काँग्रेसको संसदीय दलको बैठक संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा दिउँसो १ बजे राखिएको छ । बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन विधेयकलाई कसरी अगाडि बढाउने र नयाँ विधेयक प्रस्तुत गर्नेबारे छलफल हुने जनाइएको छ ।

यसअघि हिजो अपरान्ह सभापति शेरबहादुर देउवाको निवास, चप्पल कारखानामा संसदीय दलको कार्यसमिति बैठक बसेको थियो । बैठकले आज बस्ने संसदीय दलको बैठकको एजेण्डा तय गरेको हो ।

टिप्पणीहरू