अर्कै अवस्थामा पनि प्रचण्डलाई समर्थन गर्ने थियौं : उपप्रधानमन्त्री खड्का

अर्कै अवस्थामा पनि प्रचण्डलाई समर्थन गर्ने थियौं : उपप्रधानमन्त्री खड्का

नेपाली काँग्रेसका उपसभापति तथा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले तत्कालीन सत्तारुढ गठबन्धन टुट्नुमा पार्टीका तर्फबाट कमजोरी भएको र त्यसलाई बुद्धिमत्तापूर्ण तरिकाले सच्याइएको बताउनुभएको छ । 

आजदेखि शुरु पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा गठबन्धनको आवश्यकता र औचित्यबारे धारणा राख्दै उहाँले यस्तो बताउनुभएको हो । पुस १० मा टुटेको तत्कालीन सत्तारुढ गठबन्धनलाई ठूलो मेहनत गरेर पुरानै अवस्थामा फर्काउन सफल भएकाले यसलाई जोगाएर जानुपर्ने अहिलेको आवश्यकता सबैले बोध गर्नुपर्नेमा उपप्रधानमन्त्री खड्काले जोड दिनुभयो । 

त्यसक्रममा उहाँले राष्ट्रपति नपाएकै भएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गर्नुपर्छ भन्ने तहमा समेत त्यसबेला छलफल भएको बैठकमा सुनाउनुभयो । 

निर्वाचनपछि काँग्रेस सबैभन्दा ठूलो दल बनेपनि संघ र सातवटै प्रदेशमा प्रतिपक्षमा पुग्नुपरेको अवस्थाबाट कार्यकर्ता र मतदातामा नयाँ उत्साह जगाइएकाले यसप्रति सजग हुँदै अघि बढ्न उहाँले नेताहरुलाई आग्रह गर्नुभएको छ ।

टिप्पणीहरू