अमेरिकाबाट फर्केलगत्तै विनोद चौधरीको आरोप : मलाई हराउन पार्टीभित्रैका हात धोएर लागे

अमेरिकाबाट फर्केलगत्तै विनोद चौधरीको आरोप : मलाई हराउन पार्टीभित्रैका हात धोएर लागे

नेपाली काँग्रेसका केन्द्री सदस्य तथा सांसद विनोद चौधरीले गत मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा आफूलाई पराजित गराउन पार्टीभित्रकै मान्छेहरु लागेको खुलासा गरेका छन् ।

गत हप्तादेखि जारी पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै उनले आफूलाई सिध्याउन एकथरी नेताहरु नै लागेको दाबी गरेका हुन् । उनले भने, ‘विरोधीलाई जिताउन पार्टीभित्रकै मान्छेहरु लागि परेपछि मैले प्रमाणसहित अनुशासन आयोगमा निवेदन पेस गरेको थिएँ ।’

आफ्नै उम्मेदवारलाई हराउन गलत संस्कारको अन्त्य गर्न उनले सुझाव दिएका छन् । अन्यथा, यसले भोलिका दिनमा अरुलाईसमेत अप्ठेरो पर्ने उनको चेतावनी छ ।

चौधरीको भनाई छ, ‘चुनावमा सहयोग गर्लान् भन्नुको साटो कसरी अब यसलाई सिध्याउने हो भन्नेमा लागेको मेरो अनुभूति भयो । मलाई लाग्छ धेरैले यस्तो अनुभूति गरेको हुनुपर्छ । खाली निर्वाचनमा हराउने मात्र होइन, विरोधीलाई कसरी जिताउने भन्नेसम्ममा लागेका प्रत्यक्ष प्रमाणहरु सार्वजनिक छन् । त्यसलाई पार्टीको अनुशासन निकायमा राखिएको छ ।’

टिप्पणीहरू