संसद बैठक अवरुद्धपछि काँग्रेसकाे छलफल, प्रहरी र निजामती ऐन संशोधन मुख्य एजेण्डा

संसद बैठक अवरुद्धपछि काँग्रेसकाे छलफल, प्रहरी र निजामती ऐन संशोधन मुख्य एजेण्डा
सुन्नुहोस्

नेपाली काँग्रेसको संसदीय दलको बैठक प्रारम्भ भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भइरहेको छ । 

बैठकमा एमाले निरन्तर गर्दै आएको संसद अवरुद्धबारे छलफल हुने बताइएको छ । त्यस्तै संसदमा पेश भएका र अब पेश हुने महत्वपूर्ण विधेयकबारे पनि आजको बैठकमा छलफल हुने जानकारी दिइएको छ ।

बैठकमा सहभागी एक जना काँग्रेस सांसदका अनुसार विशेषतः शिक्षा ऐन, निजामती सेवा ऐन, प्रहरी ऐनबारे विशेष छलफल हुनेछ ।

टिप्पणीहरू