काँग्रेस सभापतिको निवासमा पदाधिकारी बैठक बस्दै

काँग्रेस सभापतिको निवासमा पदाधिकारी बैठक बस्दै

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको छ । बैठक उहाँको निवास चप्पल कारखानामा अपरान्ह ४ बजे डाकिएको जानकारी दिइएको छ ।

साउन २ गतेदेखि जारी केन्द्रीय समिति बैठक आज स्थगित गरिएको छ । भोलि अपरान्ह ४ बजे बस्ने उक्त बैठकअघि आज पदाधिकारी बैठक बोलाइएको हो ।

भोलि सम्पन्न हुने केन्द्रीय कार्यसमिति बैठकको निर्णय तयारीका लागि आज पदाधिकारी बैठक बोलाइएको एक जना नेताले बताए ।

टिप्पणीहरू