रत्नपार्कको प्रदर्शनमा गृहमन्त्रीको नैतिकता स्वाहा

रत्नपार्कको प्रदर्शनमा गृहमन्त्रीको नैतिकता स्वाहा
सुन्नुहोस्

नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघ सरकारविरुद्ध सडकमा उत्रिएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै केही दिनदेखि सडक संघर्ष गरिरहेको नेविसंघले आजपनि काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । रत्नपार्कस्थित शान्तिवाटिकामा करिब तीन दर्जनको संख्यामा उपस्थित प्रदर्शनकारीले सांकेतिक विरोध प्रदर्शन गरेका छन् ।

सहकारी प्रकरणमा जोडिएका गृहमन्त्री लामिछानेसहित विभिन्न काण्डमा मुछिएकाहरुलाई कारवाहीको माग गर्दै उनीहरुले ‘सहकारी काण्ड– स्वाहा’, ‘दोहोरो नागरिकता काण्ड– स्वाहा’, ‘सुन तस्कर काण्ड– स्वाहा’, ‘गृहमन्त्रीको नैतिकता–स्वाहा’, ‘भुटानी शरणार्थी काण्ड–स्वाहा’, ‘विद्यार्थीको उत्तरपुस्तिका–स्वाहा’, ‘विद्यार्थीको भविष्य–स्वाहा’ भन्दै हवन गरेका थिए ।

 

नेविसंघका केन्द्रीय सदस्य सुशान्त तामाङको नेतृत्वमा केन्द्रीय सदस्य शंकर ढकाल, महेश्वर पौडेल, दिप जैशीलगायत उपस्थित प्रदर्शनमा ‘गृहमन्त्रीज्यू जिबी राई खोइ’, ‘खोइ उत्तरपुस्तिका, टियुले हरायो’, ‘उत्तरपुस्तिका सुरक्षा यहि हो त शिक्षामन्त्रीज्यू’, लेखिएका प्लेकार्ड पनि देखाइएको थियो ।

टिप्पणीहरू