उपनिर्वाचनको अघिल्लो दिन गृह मन्त्रालयमा बैठक
भोलि बारा २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ । बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुने मतदानको निम्ति आवश्यक तयारी भइसकेको जनाइएको छ ।
यता, निर्वाचन सम्बन्धमा गृह मन्त्रालयमा बैठक बसेको छ । आज दिउँसो साढे १ बजेको समयमा गृह सचिव विनोद प्रकाश सिंहको अध्यक्षतामा निर्वाचन सम्बन्धी कमाण्ड पोष्टको बैठक बसेको बताइएको छ ।
बैठकमा चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो । मुश्किलले आधा घण्टा बसेको बैठकमा नेपाली सेनाका रथी सरोजप्रताप राणा, प्र…