उपचुनावमा आफ्ना उम्मेदवारलाई जिताउन काँग्रेसले माग्यो सहयोग, नौ दललाई देउवाको पत्र
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बैशाख १० गते हुने उपचुनावमा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन सत्ता गठबन्धनको सहयोग खोज्नुभएको छ । गठबन्धनसम्बद्ध नौ दललाई पत्र लेखेर उहाँले काँग्रेसका उम्मेदवारलाई जिताउन अनुरोध गर्नुभएको छ ।
सरकारको नेतृत्व गरिरहेको गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीका अध्यक्षल…