काँग्रेस नेताहरु चितवन २ को उपनिर्वाचनमा व्यस्त

काँग्रेस नेताहरु चितवन २ को उपनिर्वाचनमा व्यस्त

नेपाली काँग्रेसका नेता तथा सांसद सशांक कोइराला चितवन पुगेका छन् । काँग्रेसको चुनावी अभियानमा भाग लिन उनी आज दिउँसो हवाई मार्ग हुँदै त्यता गएका हुन् । 

नेता कोइराला बुद्ध एयरको जहाजमा आज दिउँसो भरतपुर ओर्लिएको बताइएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको नागरिकता अदालतले अवैध ठहर गरेसँगै उनको सांसद पद खारेज हुँदा चितवन–२ मा बैशाख १० गते उपचुनाव हुँदैछ । गत आमनिर्वाचनमा काँग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई भारी मतान्तरले पराजित गरी सांसद जितेका लामिछाने पुनः मैदानमा उत्रिएकाले यस क्षेत्रको चुनावलाई काँग्रेसले महत्व दिएको छ । 

त्यसैले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगन थापालगायत नेताहरु चुनावी अभियानमा खटिएका छन् । चितवन–२ मा सत्ता गठबन्धनको समर्थनमा काँग्रेसका पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।

टिप्पणीहरू